
हटलाईन सम्बादाता
मकवानपुर,पौष १८
नेपाल प्रेस युनियन मकवानपुरका सदस्य ईन्द्रप्रसाद बन्जरा ‘रमेश’ लाई संगठनले कारबाही गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संगठन युनियनमा रहेर संगठनको मूल सिद्धान्त, आदर्श र हितविपरीत बारम्बार काम गरेकाले बन्जरामाथि कारबाही गरिएको युनियन मकवानपुरका सचिव केशव समर्पणले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
पटकपटक सचेत गराउँदा अटेर गरेको हुँदा नेपाल प्रेस युनियन मकवानपुरको जिल्ला कार्यसमितिको बैठकले बन्जरालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी कारबाहीको लागि केन्द्रीय समितिमा सर्वसम्मत सिफारिस गरेकोमा केन्द्रीय समितिले कारबाहीको सिफारिस सदर गरेको थियो । जिल्लाको सिफारिस केन्द्रले सदर गरेसँगै बन्जरालाई नेपाल प्रेस युनियनको सदस्यबाट लगत कट्टा गरिएको सचिव समर्पणले बताए ।