
प्रीयन्का दास
कलैया,पौष १८
सुवर्ण गाउपालिकाले आफ्नो पालिका भित्रको बिद्यार्थी लाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको छ । गाउपालिकाले आज एक कार्यक्रमका बिच वडा नम्बर ८ प्रशुरामपुर निवासी शेष हफिजको छोरा शेष मोहराब लाई उच्च शिक्षा(एम बि बि एस) अध्ययन गर्न सहजता होस भन्दै गाउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादबले गम्छा ओढाएर सम्मान गर्दै नगद रु.१ लाख ३७ हजारको चेक हस्तान्तरण गरेको प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीवास्तवले जानकारी गराएका छन । गाउपालिका अध्यक्ष यादबले सो बराबरको चेक दिदै यस प्रकारको कदमले शिक्षा हासिल गर्ने पालिका भित्रका अन्य बिद्यार्थी मा उर्जा थप्ने बिश्वास लिएको बताएका छन । गाउपालिका भित्रका सम्पुर्ण गरिब जेहन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा प्राप्त गर्न सहज होस भनेर आफुले त्यस प्रकारको योजना ल्याईरहेको यादबले बताएका छन । सोही अवसरमा प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तवले गाउपालिका भित्रका अन्य सबै कोलागी आधुनिक किसिमको प्राबिधिक शिक्षा का लागि समेत आफुहरुले पहल गरिरहेको बताएका छन । श्रीवास्तवले एमबीबीएस अध्ययन गरेर आफ्नै पालिकामा सेवा दिनेमा बिस्वास समेत ब्यक्त गरेका छन । छात्रवृत्ति प्राप्त गरेका मोहराब श्री जनता माबी कवही जब्दी बाट एसएलसि अध्ययनपछि प्लस टु काठमाडौको पेन्टागन ईन्टरनेशनल कलेजबाट सकेर कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्ला बाट एमबिबिएस का लागि नाम निकालेर पढ्न जान लागेको प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले बताएका छन । चेक बुझ्दै मोहराबले गाउपालिका अध्यक्ष सहित प्रमुख प्रशासकिय अधिकृत र सम्पुर्ण कार्यपालिका लाई धन्यवाद दिएका छन । मोहराबले आफुले यो सम्मान र बिश्वासको लागि सदा गाउपालिकाको ऋणि रहने बताउदै भबिस्यमा आफुले पालिकाको जनतालाई सेवा गर्ने बताएका छन । यता श्री नेरामाबि कवही जगातका प्रधानाध्यापक ईद्रीस मियाले यस किसिमका कार्यले पालिकामा शिक्षा प्रतिको बुझाई लाई प्रस्ट पार्ने र अन्य बिद्यार्थी समेत हौसिने बताउदै गाउपालिकाको यस कदमको स्वागत गर्दै धन्यवाद दिएका छन । यस किसिमको कार्य हरेक पालिकाले गर्नुपर्ने मियाले सल्लाह समेत दिएका छन ।