
प्रीयन्का दास
कलैया,पौष २२
कलैया उपमहानगरपालिका स्वास्थ्य शाखाले नगर भित्रका सबै बिधालयका १२ देखि १८ बर्ष उमेरका बिद्यार्थीहरुलाई मोडर्ना खोप दिन शुरु गरेको छ । यस अघि सो खोप लिन छुट भएका सबै बिद्यार्थी आ आफ्नो वडाको २७ वटै स्वास्थ्य संस्थामा पौष २१ गते देखि २३ गते सम्म खोप लिन सक्ने स्वास्थ्य शाखाका अजय जयस्वालले जानकारी गराएका छन । जयस्वालले यस सङ्गै नगरबासि एवम बिद्यार्थीको सुबिधाका लागि पौष २० गते देखि २५ गते सम्म कलैया उपमहानगरपालिका को प्राङ्गणमा समेत खोप सन्चालन गरिने बताएका छन । कलैयाका नागरिकको सुबिधालाई मध्यनजर गर्दै भेरोसेलको पहिलो डोज लिन छुटेका र दोश्रो डोज लिन लाई प्रत्येक वडाको स्वास्थ संस्थामा २१ गते देखि २३ गते सम्म र पौष ३० सम्म उपमहानगरपालिका को प्राङ्गणमा समेत आएर खोप लिन सकिने जयस्वालले बताएका छन ।