कलैया । नेपाल मा थप २४ जना मा ओमिक्रोन भेरिएन्ट देखिएको छ । पुस महिनामा सङ्कलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो ।

एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् । यो संगै नेपालमा हाल सम्म २७ जना मा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर