कलैया । पर्सामा मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सामुदायिक प्रहरी सेवा केन्द्रहरुसँगको सहकार्यमा आयोजना गरेको सचेतनामुलक कार्यक्रम अन्तर्गत हिजो लगभग ५ हजार जनालाई मास्क वितरण गर्दै अब मास्क नलगाउने लाई एक सय रुपैया जरिवाना हुने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनु भयो ।

उनले आजदेखि मास्क नलगाउनेलाई जरिवाना गर्ने बताउनु भयो । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई रोक्नका लागि पनि सबैले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको उनले बताउनु भयो । वीरगञ्जको घण्टाघरदेखि शंकराचार्य गेटसम्म लगभग ५ हजार जनालाई निःशुल्क रुपमा मास्क वितरण गर्नुका साथै मास्क नलगाउँदा हुनसक्ने हानीको बारेमा समेत सचेतना फैलाइएको छ ।

नागरिकमा लापरवाही गर्ने परिपाटीको विकास भएसँगै यसले जोखिम बढ्ने अवस्थालाई मध्यनजर गर्दै मास्क बाँड्न र मास्क सम्बन्धी जनचेतना जगाउन सरोकारवाला सडकमा ओर्लिएका हुन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर