कलैया । धनुषामा प्लास्टिक उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

जिल्ला को लक्ष्मीनिँया गाउँपालिका वडा नम्बर ७ भगवतीपुरस्थित नवल मुररकाले सञ्चालन गरेको जानकी प्लाष्टिक उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषा ले जनाएको छ ।

सोमबार राति करिब १ बजे उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा मेसिन, केमिकल, कच्चा पदार्थ, तयार मालसामान, काठपात, लत्ता कपडालगायतका सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्लास्टिकजन्य सामान भएको कारण क्षतिबाट राेक्न नसकिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर