
कलैया । बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० मा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।
आज भएको शिविरमा २ सय ४१ जनाले उपचार गराएका छन् । शिविरमा परीक्षण गराएका मध्ये १ सय २३ जनामा मोतिबिन्दु फेला परेको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिँह धामीले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय कोल्हवी , वीरगञ्ज युनाईटेड फुटबल क्लब र वीरगञ्ज सामुदायिक आँखा अस्पतालसँगको सहकार्य र कोल्हवी नगरपालिकाको आयोजनमा शिविर सम्पन्न भएको हो ।
उक्त शिविरको उद्घाटन कोहल्बी नगरपालिकाका नगरप्रमुख भरत भण्डारीले गरेका थिए ।
शिविरमा मोतिबिन्दु फेला परेकाहरुको वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा मंगलवार र बुधवार बरिष्ठ नेत्र सर्जन डा. अमृत आचार्य नेतृत्वको टोलीले निःशूल्क शल्यक्रिया गर्नेसमेत मेडिकल संयोजक धामीले बताउनु भयो ।