कलैया । बारामा ६० किलो गाँजा सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बारागढी गाउपालिका वडा नम्बर ७ सुखी पिपरा निवासी जोखु चौधरीको घरमा लूकाइ छिपाइ राखेको अवस्थामा प्रहरीले लागू औषध गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खाटिएको स्कवाड टोलिले लागू औषध गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ्ग गाउपालिका वडा नम्बर ६ निवासी २१ वर्षिय प्रेम लामा रहेकोे सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले बताउनु भयो ।

लामाको साथबाट ३९ हजार नेपाली रुपैयाँ सहित मोवाईल १ थान, पावनबैँक १ थान, डलर जोर्डन १, श्रीलंकाका १००, सोमालियाण्ड ५००, होङकोङको ५, भारतीय रुपैयाँ २० र मोटरसाइकल बरामद गरिएको छ ।

पक्राउ परेका लामालाई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर