कलैया । कोरोना भाइरस कोभिड-१९ ले नेपाल फेरि यसको चपेटामा परेको छ । कोभिड -१९ बाट बच्न बारा जिल्ला ले पनि सावधानी अपनाउनु पर्ने बेला आएको छ ।
बारा मा मात्र नभई पर्सामा पनि छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीहरुमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्। यता बारा जिल्ला मा भने न सिमानाका मा स्वस्थ्य सावधानी अपनाइएको छ न त जिल्ला भित्रै स्वास्थ्य सावधानी अपनाइएको छ ।
जिल्ला मा रहेको मटिअर्वा , कवही गोठ , सन्तगंज , सिम्रौनगढ सिमानाका सहित अन्य कुनै पनि सिमानाकामा सतर्कता अपनाइएको छैन । हेल्थ डेस्क पनि स्थापना गरिएको छैन । सिमा-नाकामा निर्वाध रुपमा आवतजावत हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय बाराले पनि कोभिड-१९ विरुद्ध केही कदम नचालेको देखिएको छ ।
केभिड-१९ ब्यवस्थापन समन्वय केन्द्र ( सिसिएमसी ) को सिफारिसमा गृहमन्त्रालय ले ७७ वटै जिल्ला प्रशासन कार्यालय लाई २५ जना भन्दा बढी उपस्थित भएर भिडभाड गर्न नदिने , सहित विभिन्न नियम कार्यान्वयन गराउन परिपत्र गरेको थियो । बारा का साहयक प्रमुख जिल्ला अधिकारी सिवराज सेढाई ले गृहमन्त्रालय बाट निर्देशन आइसकेको पुष्टि गर्नु भयो । सरकारले कुनै पनि मेला , मेला महत्स्व , गोष्ठी , राजनितिक कार्यक्रम गर्न नपाउने समेत निर्णय गरेको छ ।
यद्यपि जिल्ला प्रशासन कार्यालय बाराले निर्णय पालना गराउन सकेको छैन । सत्तारुढ दलमै रहेको नेपाली काङ्ग्रेस ले भिडभाड गरि गाउँ गाउँ मा कार्यक्रमहरु गर्दै छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले पनि आज जिल्ला अधिवेशन गर्दै छ । उसले गर्ने जिल्ला अधिवेशन मा हजारौं नेता , कार्यकर्ता अधिवेशन मा उतार्ने जनाएको छ । यद्यपि यो भिडभाड गर्न पाउदैन तर बारा प्रशासनले यसमा केहि बोलेको छैन ।







