कलैया । बिरगंजबाट काठमाण्डौँ जादै गरेको यात्रुबाहक बस बाट प्रहरीले लागुऔषध सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्ने मा भारत बिहार घर भई मोतिहारी जिल्ला रक्सौल बडापरेउवा वडा न. १७ बस्ने बर्ष २० को प्रेम कुमार महतो रहेका छन् ।

बिरगंजबाट काठमाण्डौँ तर्फ आउँदै गरेको प्रदेश २-००३-००१ ख ३६२२ नम्बरको यात्रुबाहक बसलाई प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा महतो लाई प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी नगरपालिका वडा.नं. २ नागढुंगा स्थित चेकप्वाईन्टमा प्रहरी ले क जाँच गर्नेक्रममा महतो को साथ बाट लागु औषध नोफिन २०० एम्पुल , फेनारगन २०० एम्पुल ,डाइजेपाम २०० एम्पुल गरि ६०० एम्पुल बरामद गरेको हो ।

पक्राउ परेका महतो माथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भई रहेको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर