
साजिर मन्सूर
कलैया,पौष २८
लायन्स क्लब अफ कलैयाले आज कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको श्री सरस्वति विधा मन्दिर स्कुलको गरिब असहाय तथा दलित एवं होनहार १५० विधार्थीलाई शैक्षिक सामग्री बित्ररण गरेको शाखाका अध्यक्ष दिलिप कुमार चौधरीले जनाएका छन् । लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको आज परेको जन्म दिनको स्मृतिमा सो शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष चौधरीले जनाएका हुन् । सो अवसरमा बिधार्थिहरुलाई कपि पेन्सिल,ईरेजर कटर,चकलेट वितरण गरिएको कार्यक्रम संयोजक मुकेश साहले जनाए । शाखा अध्यक्ष चौधरीले आफुहरुले सामाजिक कार्यमा कहिल्यै पछि नपर्ने बताउदै गत बर्स कोभिडका समयमा संस्था द्वारा गरिएका स्वास्थ्य सामग्री वितरण देखि नगरमा गरिएको सेनिटाईजर जस्ता काम र जिल्ला अस्पतालमा गरिएको अक्सिजन बैंक स्थापना जस्ता कामले हामीले अत्यन्तै प्रसंसा पाएको र ति र त्यस्ता अनेकन सामाजिक कार्य आफुहरुले गर्ने प्रतिबद्दता समेत जनाएका छन् । उक्त अवसरमा कार्यक्रमका अर्का संयोजक ईन्द्रजित कुशवाहा,वडा अध्यक्ष सैफुल्लाह मिया अन्सारी,स्कुलका प्रधानाध्यापक बिनोद पासवान,कलैया उपमहानारपालिकाका शिक्षा शाखाका अधिकृत विजय अधिकारि,लायन्स उपाध्यक्ष नबिन अग्रवाल,सचिव सुर्यजित सिंह,कोषाध्यक्ष सुभाष जैसवाल,सदस्यहरु प्रदिप साह उर्फ गोल्डेन,बृजकिशोर साह,शिवजी यादब,पवन कुशवाहा,श्याम खेतान लगायत बिद्यार्थी एवम अभिभावकहरुको उपस्थिति रहेको थियो ।