कलैया । निर्वाचन आयोगले स्थानिय तहको चुनावको बारेमा छलफल गर्न सर्वदलिय बैठक बोलाएको छ । आगामी बैशाखमा स्थानिय चुनाव गर्न प्रस्ताव गरेको आयोगले राजनीतिक दलहरुसँग परामर्श गर्न भएको हो ।

स्थानिय चुनावको मिति, राष्ट्रिय सभा निर्वाचनको तयारी र मतदाता नामावली संकलन अभियान लगायतका विषयमा छलफल निर्वाचन आयोगले पुस ३० गते ११ बजे सर्वदलिय बैठक बोलाइएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनु भयो ।

२०७४ बैशाखमा सुरु भएको स्थानिय चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुको कार्यविधि ५ जेठ २०७९ मा सकिदै छ । उनीहरुको कार्यविधि सकिनु भन्दा २ महिना अघि चुनाव गरिसक्नेपर्नेमा आयोगले जोड दिँदै आएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर