कलैया । बारा मा दुई छुट्टाछुट्टै दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ५ सिंहासनीस्थित ना.४८ प २५३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ५ वर्षीया उषा माझीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी माझीको स्थानीय क्लिनिक कोल्वही हुँदै जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने २० वर्षीय निसिल खुलाल लाई पक्राउ गरेको छ उनको साथ बाट हजार पिस नियन्त्रित लागूऔषध ट्रामामेड पनि बरामद भएको प्रहरी ले जनाएको छ ।

त्यस्तै प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित प्रदेश २-०३-००१ त ५५७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका चालक परवानीपुर गाउँपालिका-४ बस्ने २० वर्षीय सुरज यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल बीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते भएका ट्याक्टरमा सवार अन्य १ जनाको नारायणी अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर