कलैया । आज सुनचाँदीको मूल्य बढेको छ ।  हिजो (बुधबार) प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ५ सय तोकिएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर