पर्सा । कोभिडको पछिल्लो नयाँरुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपाले सेवा दिने भएको छ । आगामी माघ २ गते आइतबारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

सो बमोजिम आइतबार र सोमबार कालिकामाई, ठोरी, पकाहा मैनपुरगाँउ, धोबिनी, छिपहरमाई र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीको कार्य हुने छ । मङ्गलबार र बुधबारका दिन जगरनाथपुर, विन्दवासिनी, पोखरीया, पर्सागढी र बहुदरामाई नगरपालिका क्षेत्रको पालो राखिएको छ ।

बिहीबार र शुक्रबार जिरा भवानी तथा सखुवा प्रसौनी गाउँपालिका र वीरगञ्जमहानगर पालिकाका सेवाग्राहीको काम हुने जनाइएको छ । जिल्लामा पछिल्लो समय कोभिड सङ्क्रमण बढ्दै गएपछि भीडभाड कम गरी स्वास्थ्य मापदण्ड अपनाएर आलोपाले सेवा दिन जिप्रकाले जिल्लास्थित सबै कार्यालयलाई निर्देशन दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर