कलैया । कोभिड -१९ संकट ब्यवस्थापन समन्वय केन्द्र ( सिसिएमसी ) को सिफारिस मा शिक्षा मन्त्रालय ले सोमबार सूचना जारी गर्दै पुस २७ गते देखि माघ १५ गते सम्म देशभरका आधारभुत तथा माध्यमिक तह को पठनपाठन भैतिक उपस्थिति मा बन्द गर्न निर्देशन दिएको छ ।

शिक्षा मन्त्रालय को निर्णय बारा को सदरमुकाम कलैया का बिधालय ले लट्याएको छ । कलैया उपमहानगरपालिका अन्तर्गत का सामुदायिक बिधालय बन्द रहेको छ भने निजि बिधालय आफू खुसी सन्चालन गरेका छन् ।

केही निजि बिधालयले बिद्यार्थी लाई बिधालय को पोशाक नलगाएर आउन भनेको छ । बिधालयहरुले आज पनि त्यसै गरि बिधालय सन्चालन गरेका छन् । कलैया उपमहानगरपालिकाले पनि बिधालय बन्द को सूचना जारी गरे पनि त्यसको अवज्ञा निजि बिधालय ले गरेका छन् । यता सामुदायिक बिधालयका बिद्यार्थीहरुले हाम्रो मात्र बन्द किन गरेको होला प्रश्न गरेका छन् । निजि बिधालय आफू खुशी चल्ने हो भन्ने प्रश्न गरेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर