कलैया । बारागढी गाउँपालिकाले माघी पर्व माघे सन्क्रान्तीको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका का अध्यक्ष देवदत्त बछार थारु द्वारा जारी सूचनामा यस स्थानीय तहमा थारु समुदायको मानिसको उल्लेखनीय बसोबास रहेकोले तीन दिन सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

पुस ३० देखि माघ २ गते सम्म सार्वजनिक बिदा रहने गाउँपालिका अध्यक्ष थारुले बताउनु भयो । सार्वजनिक बिदाको दिन मातहतका सबै वडा कार्यालय, विद्यालय, सार्वजनिक संस्थानमा तीन दिन बिदा रहने गाउँपालिकाका सूचना मार्फत जनाएको छ । पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपहल सुरु भइसकेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर