
कलैया । करैयामाई गाउँपालिकाले माघे सन्क्रान्तीको अवसरमा माघ २ गते सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकामा थारु समुदायको मानिसको उल्लेखनीय बसोबास रहेकोले माघ २ गते सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत उदंय शकर चौधरीले बताउनु भयो ।
सार्वजनिक बिदाको दिन मातहतका सबै वडा कार्यालय, विद्यालय, सार्वजनिक संस्थानमा बिदा रहने गाउँपालिकाका सूचना मार्फत जनाएको छ । पर्व नजिकिएसँगै थारू बस्तीमा चहलपहल सुरु भइसकेको छ । बारागढी गाउँपालिकाले पनि तीन दिन सार्वजनिक बिदा दिएको छ ।