साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिकाको आठौ नगर सभा सम्पन्न भएको छ । उपमहानगरनगरपालिकाको सभाहलमा सम्पन्न नगर सभामा बोल्दै नगर प्रमुख राजेश राय यादबले आफुले जनताका स्वास्थ सेवामा सहज पहुचका लागि अहोरात्र लागेको सबै जनतालाई जगजाहेर रहेको बताए ।

यादबले बिधिको शासनमा कलैया नमुना भएको स्मरण गराउदै सबै समयमा आफुहरुले सभा र बिशेष सभा गराउन सफल भएको बताउदै सबै कर्मचारीलाई समेत धन्यवाद दिए ।
यता उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत नाथु साहले पालिकाको सबै कर्मचारी नगर सभाबाट पारित नीति तथा कार्यक्रम पुर्ण सफल र सम्पन्न गराउन दिनरात एक गरेर लागि पर्ने गरेको ठोकुवा गरे ।

साहले नगर सभा हामी कर्मचारीहरुको लागि उर्जाको श्रोत भएको बताएका छन । साहले नगर सभा आफैमा एतिहासिक रहेको बताउदै नगर सभाले निर्धारण गरेका योजना कार्यान्वयनमा युद्धस्तरमा लागिपर्ने बताए ।

उपमहानगरगाउपालिकाका प्रमुख यादबको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख रहिमा खातुन,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,नगर सभा सदस्यहरु, समस्त शाखाका प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख प्रशासकिय अधिकृत साहले नीति कार्यक्रम पढेर सार्वजनिक गरेका थिए । लेखा प्रमुख दिब्या सरार्फले स्वागत गरेको कार्यक्रमको सन्चालन कृषि शाखा प्रमुख सुरेश धमलाले गरेका थिए । नगर सभाको बैठक आईतवार ११ बजे फेरि बोलाईएको नगर प्रमुख यादबले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर