कलैया । बाराको सदरमुकाम कलैया मा रहेकोे मालपोत , जिल्ला प्रशासन कार्यालय सहित अन्य सरकारी कार्यालयमा सेवाग्राहीको भिड बढ्दै गएपछि कोरोना संक्रमणको जोखिम बढेको छ ।

मुख्य र बढी भिडभाड हुने मालपोत र जिल्ला प्रशासन कार्यालयको परिसरमा दैनिक सयौँ भन्दा धेरै संख्यामा सेवाग्राही सेवा लिन आउने गरेका छन् । शुक्रवार बिश्वास एफ एम को टोलि मालपोत , प्रशासन कार्यालय सहित अन्य सरकारी कार्यालयमा पुग्दा कोभिडको प्रोटोकोल पालना नगरेको पाइयो । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै २५ जना भन्दा बढी भेला हुन रोक लगाए पनि त्यसको पालना भएको छैन ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्रै कार्यालय सञ्चालन गर्न डिसिसीएमसी ले निर्णय गरे पनि मालपोत कार्यालय कलैयामा त्यसको पालना हुन नसकेको सेवाग्रहीहरुको गुनासो छ ।

सेवाग्राही पनि मास्क समेत नलगाई लाइनमा ठेलमठेल गरेर उभिएका छन् । कार्यालयका अधिकारीहरु भिडभाड व्यवस्थापन र भौतिक दूरी कायम गराउन खोजे पनि सम्भव नभएको बताउँछन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर