कलैया । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हनुमानगर कंकालिनी नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षका धिरज सदा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले बताउनु भयो ।

ट्याक्टरका चालक खाना खाइरहेको बेला सदाले ट्याक्टर गुडाएर माटो लिन गएको बेला ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ । ट्याक्टर पल्टिँदा उनी पानीमा डुबेका थिए ।

प्रहरीले शव बाहिर निकालेर पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ भने ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर