कलैया । बारामा ३७ हजार १ सय ६१ जना नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाराको अनुसार बारामा मंसिर १५ गतेदेखि पुस १८ गतेसम्म गरिएको मतादाता नामावली सङ्कलनका क्रममा उक्त सङ्ख्या थपिएको हो ।
जिल्लामा रहेकोे १६ वटा स्थानीयतह मध्येबाट १३ वटा स्थानीयतहहरूमा विशेष टोली खटाई मतदाता सङ्कलन गरिएकोमा पुरुष ९ हजार ६ सय ४१ र महिला ९ हजार ७ सय ३६ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाराले जानकारी दिएको छ ।
यस्तै कलैया उपमहानगरपालिका सहित तीन स्थानीयतहका नागरिकहरूले भने निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम समावेश गराएका छ्न । निर्वाचन कार्यालयबाट ९ हजार ७ सय ४७ , पुरुष र ८ हजार ३५ महिला थपिएका हुन् ।
योसँगै ३७ हजार १ सय ६१ जना मतदाता बारामा थपिएका छन् । यस अघि बारामा १ लाख ६८ हजार १ सय १९ जना महिला , २ लाख ७ हजार ७ सय १६ जना पुरुष र ११ जना तेस्रो लिङ्गी गरी जम्मा ३ लाख ७५ हजार ८ सय ४६ जना मतदाता थिए । बारामा हाल सम्म कुल ४ लाख १३ हजार ७ सय मतदाता छन् ।







