कलैया । प्रहरी ले सिरहा बाट पेस्तोल सहित एक जना लाई पक्राउ गरेको छ ।

प्रहरीले गोलबजार नगरपालिका वडा नम्बर ६ डोहटिया टोलका २७ वर्षीय पंकजकुमार महतो लाई पक्राउ गरेको हो । १ थान म्याग्जिन नभएको पेस्तोलसहित शनिबार राति प्रहरीले महतो लाई पक्राउ गरेको छ ।

आफ्नै घरमा हातहतियार लुकाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरीको टोलि खटेको थियो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर