कलैया । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार सामाजिक संजाल फेसबुकमा लेख्दै उनले आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनी शनिवार कलैया आएका थिए । कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको बरेवा दरबार होटलमा शनिवार विवेकशिल साझा पार्टीको संगठन निर्माण कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिश्र कलैया आएका थिए ।

उनले लेखेका छन् ” म पनि कोरोना पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी/शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु” ।

अध्यक्ष मिश्रको अवस्था सामान्य रहेको र अस्पतालमा परीक्षणपछि घरमै आराम गरिरहेको बताएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर