कलैया । प्रदेश २ को नाम र स्थायी राजधानीको लागि प्रदेश सभामा जारी मतदानको समाचार संकल गर्न पुगेका पत्रकारलाई रोक लगाइएको छ ।
कोरोनाको जोखिम रहेकाले प्रदेश सभा परिसरमा समेत प्रवेश गर्न पत्रकारलाई रोक लगाएको प्रहरी को भनाई छ । सभापति सरोजकुमार यादव र सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएको बुझिएको छ ।
प्रदेश सभा परिसरमा पुगेर समेत मतदानको समाचार संकलन गर्न रोक लगाएको विरुद्धमा प्रदेश सभा परिसरको मूल गेटमै पेन र क्यामेरा समेत डाउन गरेका छन् ।