साजिर मन्सूर,कलैया ।स्वास्थ्य छेत्रमा समाजिक जवाफदेहिता परियोजना अध्ययनको परिणाम तथा सिफारिस सार्वजनिकिकरण अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट मा भएको अन्तरक्रियामा परियोजना अध्ययनको अवसरमा संघीय स्तरले पुर्ण केन्द्रीकृत गर्ने गरेको आम बुझाई रहेको पाईएको प्याक्ट नेपालका बारा सहजकर्ता प्रेम प्रसादले जनाए ।
अध्ययनले स्वास्थ्य छेत्रको समाजिक परिक्षणको भबिस्य अझै अन्यौलमा रहेको देखाएको पाईएको छ । अध्ययनका क्रममा २१ मध्ये १५ पालिकाले स्वास्थ्य छेत्रको समाजिक परिक्षणका लागि बजेट तर्जुमा नगरेको पाईएको छ । अध्ययनले स्वास्थ्य छेत्रको मानव श्रोत ब्यवस्थापनका लागि स्थानिय सरकारको लगानी बढिरहेको देखिएको छ ।
कोभिडका कारण सरकारले स्वास्थ्य छेत्रलाई पहिलो प्राथमिकतामा राखे पनि बिनियोजित बजेट चाहे अनुसारको उपलब्धि नभएको पाईएको प्रेम प्रसादले बताएका छन । कोभिडका कारण नागरिक सम्लगनता र समाजिक जवाफदेहीता प्रभावित भएको पाईएको जनाईएको छ ।
एनजीओ फेडेरेशन बाराका अध्यक्ष शम्भु प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नागरिक समाजका अगुवा,समाजसेवी,सन्चारकर्मी,गैरसरकारी संस्थाका प्रतिनिधि र महिला अधिकारकर्मिहरुको सहभागिता रहेको थियो । प्याक्ट नेपालको सहयोगमा कार्यक्रम सन्चालनमा रहेको छ ।