
कलैया । प्रदेश नम्बर २ को नाम ‘मधेश प्रदेश’ बहुमतले पारित भएको छ ।
मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मत दिएकोमा मधेश प्रदेशको पक्षमा ८० मत परेको थियो ।
मधेस प्रदेशको प्रस्तावमा सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त रुपमा रहेकोे थियो ।