कलैया । मधेस प्रदेशको राजधानी जनकपुरधाम सोमवार घोषणा भएपछि वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत पुत्ला जलाइएको छ ।

मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाएका हुन् । मुख्यमन्त्री राउतको गृह जिल्ला पनि पर्सा हो ।

आक्रोशित युवाहरुले वीरगञ्जको घण्टाघरमा “मुख्यमन्त्री लालबाबु मुर्दाबादद्”, “मुख्यमन्त्री चाहिँदिन, वीरगञ्ज बेच्न पाइदैन” लगायत नारा लगाउँदै उनको पुत्ला जलाएका छन् ।
पुत्ला जलाउन पुगेका युवाहरु लाई प्रहरीले रोक्न प्रयास गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर