कलैया । देवताल गाउँपालिकामा सामुदायिक धर्मशाला को उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित रौवाहीमा नव निर्मित सामुदायिक धर्मशाला को गाउँपालिका अध्यक्ष चन्दन सिंहले गर्नु भएको हो ।

१८ लाख ८० हजारको लागतमा निर्माण भएको धर्मशालामा चार वटा कोठा सहित दुईवटा शौचालय रहेको छ। 
उक्त धर्मशाला उदघाटन गर्दै अध्यक्ष सिंहले वडामा बसोबास गर्ने कुनैपनी नागरिक लाई बिहे भोज , ब्रतबन्ध भोज वा कुनै पनि सार्वजनिक कार्यमा सामुदायिक धर्मशाला निर्माण भए पछी टेवा पुग्ने बताउनु भयो ।

उक्त उद्घाटन कार्यक्रम मा गाउँपालिका अध्यक्ष सहित उपाध्यक्ष रामपति देवी , प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साह, विभिन्न वडा का वडा अध्यक्षहरु , वडा सदस्य , गाउँपालिका कर्मचारी , स्थानीय सहित सन्चारकर्मी को उपस्थिति रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर