कलैया । सप्तरीमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। कोरोनाभाइरस संक्रमणबाट सप्तरीमा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला को रूपनी गाउँपालिका वडा नम्बर १ की ७५ वर्षीया महिला रहेकी छन् । उनले कोरोनाविरुद्धको दुवै डोज भ्याक्सिन लगाएकी थिइन ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादव का अनुसार माघ १ गते ज्वरो आएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। भर्ना भए पछि पीसीआर परीक्षण गर्दा माघ ३ गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएकै दिन महिलाको उपचारको क्रममा मृत्यु भएको हो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर