कलैया । सुनसरीमा महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेशारीलाल यादव आउने पूर्वनिर्धारित कार्यक्रम रद्ध भए पछी स्थानीयले महोत्सव स्थलमा आगजनी र तोडफोड गरेका छन्।
सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ स्थित बर्जुतालको खेल मैदानमा जारी महोत्सव आज आन्तिम दिन कलाकार यादव नगएपछि स्थानीय आक्रोशित भएर सजाइएको महोत्सव कार्यक्रमस्थलमा आगजानी र तोडफोड समेत गरेका छन् । ऊनीहरुले भारतीय नम्बर प्लेटको स्कार्पियो र मोटरसाइकमा आगजनी गरेका छन् भने स्टेज र कुर्सीहरू तोडफोड गरेका हुन् ।
कलाकार यादवलाई भने प्रहरीले विराटनगरमा रोकेको बताइएको छ ।कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले भौतिक जमघट हुने मेला र महोत्सव लगायतका कार्यक्रममा रोक लगाएको छ । निर्देशन विपरीत महोत्सव भैरहेको थियो । यता दर्शकहरूले आफुहरि ३०० र ५०० रुपैयाँका दरले टिकट काटेको बताएका छन् ।