कलैया । सर्लाहीमा आगो ताप्ने क्रममा जले एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोडैता नगरपालिका वडा नम्बर ११ बस्ने ७५ वर्षीया देवकली देवी रहेकी छन् । बुधबार साँझ आफ्नै घरमा आगो तापिरको बेला उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते पश्चात् उनको उपचारका क्रममा बुधबार राती जिल्ला अस्पताल मलंगवामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।