कलैया । कलैया उपमहानगरपालिकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै विद्यार्थी लाई केहि भए दोषी स्वम प्रधानध्यापक हुने र कार्वाहीमा पर्ने बताएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत उप-महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सरकारले दिएको निर्देशन र कलैया उपमहानगरपालिका ले पनि ध्यानाकर्षण गराए पनि बेवास्ता गर्दै कलैया का केहि निजि बिधालयले निर्णय बिपरित सन्चालन गर्दै आएका छन् । यता कलैया मा रहेको भरत बाबा बोर्डिङ्गले बिधालय पोशाक मा नआउन बिद्यार्थी लाई भनेको पाइएको छ ।

कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादवले निर्देशन विपरीत संचालित बिधालय आफै स्वम जिम्मेवार हुने बताए । उनले भने बिद्यार्थी लाई केहि भयो भने त्यसको सम्पुर्ण दोष सम्बन्धित बिधालय का प्रधानध्यापक हुने बताउनु भयो । कलैया उपमहानगरपालिका के शुक्रवार दोस्रो पटक सूचना जारी गर्दै बिधालयहरु लाई ध्यानाकर्षण गराएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर