कलैया । बसको ठक्करबाट वीरगञ्जमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी ६० वर्षीय समशुल मियाँ रहेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरी अगाडी बाईपास सडक खण्डमा वीरगञ्ज बाट नारायणघाटतर्फ जाँदै गरेको बा.४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर बाट गम्भीर घाइते भएका मिया लाई उपचार को लागि प्रभु हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले बसका चालक भरतपुर महानगरपालिका वडा नम्बर ९ गीतानगरका ३२ वर्षीय सुरेश परियारलाई नियन्त्रणमा लिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर