कलैया । बारामा महिला समुदायिक स्वास्थ्य स्वयम सेविकाको लागि आधारभूत क्षमता अभिबृद्धि सम्बन्धि तीन दिने कार्यक्रम सम्पन्न भएको छ ।

कलैया उपमहानगरपालिकाको आयोजनामा बघवन स्वास्थ्य चौकीमा बृहत पोषण बिशेष कार्यक्रम अन्तर्गत महिला समुदायिक स्वास्थ्य स्वयम सेविका हरुको लागि तीन दिने आधारभूत क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

कार्यक्रम को अध्यक्षता कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैसवालको रहेको थियो । कार्यक्रमको प्रशिक्षक बघवन स्वास्थ्य चौकीका इन्चार्ज सजाद अंसारी सहित पीपल बहादुर क्षेत्री, रामेश्वर शर्माले गरेका थिए ।

बघवन स्वास्थ्य चौकीका इन्चार्ज सजाद अंसारी बाट सोधपुछ गरि तयार पारिएको नेपालको अवस्था ।

नेपालमा करिव ४१ प्रतिशत बालबालिकाहरू दीर्घकुपोषणबाट ग्रस्त रहेका छन् (NDHS 2011)। गर्भधारणदेखि दुई वर्षको उमेर भित्रै बालवालिकामा पुड्कोपनको विजारोपण हुन्छ जसको निवारण पछि सम्भव हुँदैन । यसवाहेक पनि नेपालको जनसङ्ख्या विशेष गरी जोखिममा रहेका महिला तथा बालबालिकाहरू विभिन्न सुक्ष्म पोषण तत्वहरूको अभावले ग्रसित छन् ।

त्यसै गरी २९% बच्चाहरूमा उमेर अनुसार कम तौल तथा ४१% बच्चाहरूमा पुड्कोपना (उमेर अनुसार कम उचाई। देखापरेको छ ५ वर्ष मुनिका ४६५ बच्चाहरूमा रक्तअल्पता रहेको छ । यसको अलावा नव शिशु मृत्युदर, शिशु मृत्युदर, बाल मृत्युदर क्रमशः ३३, ४६, ५४ (प्रति हजार) रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पोषणको स्थिति राष्ट्रिय औसत तथ्याभन्दा पनि निराशाजनक छ । त्यस क्षेत्रका ५ वर्ष मुनिका ५३% बच्चाहरू उमेर अनुसार कम उचाई भएका, ३६% बच्चाहरू उमेर अनुसार कम तौल भएका र ४७.३% बच्चाहरूमा रक्तअल्पता भएको पाईन्छ (NDHS २०११) ।

त्यस्तै १२ प्रतिशत महिलाहरु आफ्नो उमेरको अनुपातमा होचा छन् यो समस्या गर्भावस्थादेखि शुरु भई उनीहरुको जीवनभर निरन्तर रहने सूक्ष्म तथा बृहत् दुवै प्रकारका पोषण अभावले गर्दा हुने गर्दछ । हाल नेपालमा करीव २०% महिला तथा २५% किशोरीहरु दुब्लोपना तथा दिर्घकालिन उर्जाको कमीबाट ग्रसीत छन् । साथै लगभग ५०% गर्भवती महिला तथा २९% किशोरीहरु एवं सुत्केरीहरुमा रक्तअल्पता छ ।

गर्भावस्थाका बेलाका महिलाहरुका लागि आइरन परिपूरण गर्ने तीव्रतम् राष्ट्रिय प्रयासका बावजुद पनि सन् २००६ देखि २०११ सम्ममा गर्भवती महिलाहरुमा रक्तअल्पताको दर ६५ ले बढको छ । अपर्याप्त सन्तुलित भोजन, हेरचाह तथा स्याहार नपुग्नु अस्वस्थकर घरायसी वातावरण र कमजोर स्वास्थ्य नै मातृ तथा बाल न्यूनपोषणका मुख्य कारणहरु हुन् भनी पहिचान गरेको छ । र यस खाद्य असुरक्षित जिल्लामा मा पनि सरसफाई र बच्चाहरूको आहार व्यवहारको सही अभ्यास नभएको पाइएको छ ।

विभिन्न जिल्लाहरूमा खाद्य असुरक्षाको स्थिति पनि गम्भिर रूपमा विद्यमान रहेको पाईन्छ । यसको मुख्य कारण आर्थिक, सामाजिक र भौगोलिक पक्षहरू रहेका छन् । कुपोषण र भोकमरीको अवस्थामा सुधार ल्याउन त्यस क्षेत्रको समग्र विकास गर्न जरूरी छ । अझ यस्तो स्थितिको प्रत्यक्ष उदाहरण नेपालको कणाली प्रदेशमा प्रष्ट देख्न सकिन्छ । यस कार्यमा स्वास्थ्य, शिक्षा, कृषि, स्थानीय विकास तथा अन्य क्षेत्रहरूको समन्वयमा कुपोषणको आधारभूत कारणहरूलाई सम्बोधन गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

गर्भवती महिला तथा स्तनपान गराइरहेकी आमा र बालबालिकाहरूलाई पोषणयुक्त आहार र विशेष हेरचाहको आवश्यकता पर्दछ । यी आवश्यकता पूरा गर्न नसकिएमा उनीहरूको वृत्ति विकास तथा स्वास्थ्यमा गम्भीर तथा दीर्घकालीन असरहरू देखा पर्दछन् । यसबाट शारीरिक क्षमतामा कमी आउने बिरामी पर्ने सम्भावना बढी हुने र वौद्धिक विकासमा ह्रास आउने जस्ता नकारात्मक प्रभावहरू जीवनभर रहिरहने अवस्था हुन सक्दछ । जसले अन्ततः देशको समग्र आर्थिक तथा सामाजिक विकासलाई समेत कमजोर पार्दछ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर