कलैया । बाराको सिमरा विमानस्थल बाट भारतीय प्रतिबन्धित नोट सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार नवाधा थाना अक्बरपुर का ३८ बर्षको शिव शंकर बब्लु रहेका छन् । सिमरा बाट काठमाडौँ जान लागेका बब्लु लाई विमानस्थल सुरक्षा गार्डमा खटिएका प्रहरी चेकिङ्ग टोलिले चेक जाँच गर्दा भारतीय प्रतिवन्धित रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनको साथ बाट दुई लाख भारतीय प्रतिबन्धित नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । उनलाई पक्राउ गरि बरामद गरिएको रकम सहित आवश्यक कारबाहीका लागि क्षेत्रिय राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर