कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २५ इनर्वामा छठ पर्व को दिन दुई पक्षबीच भएकाे झडपमा परी घाइत भएका १८ वर्षीय राधेश्याम पटेलकाे एन एस न्युरो तथा जेनेरल होस्पिटल मा मृत्यु भए पछी उनको क्षतिपुर्ती तथा उपचार खर्च दिलाउन आज सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारा को सभाहलमा दुबै पक्ष को उपस्थितिमा सर्वपक्षीय बैठक सम्पन्न भएको हो । मृतक पटेलको उपचार खर्च ११ लाख २४ हजार २० रुपैयाँ तथा मृतक परिवारले पाउनु पर्ने १० लाख क्षतिपुर्तीको रकम निकासा गर्न गृहमन्त्रालय लाई पहल गर्ने निर्णय गरेको हो ।

सोमवार बसेको सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल , जिल्ला प्रहरी कार्यालय बारा का प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवा , शस्त्र प्रहरी बल १२ नम्बर गण का प्रमुख शस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा , राष्ट्रिय अनुसन्धान बारा का प्रमुख सन्तोष ढुंगेल , नेपाल पत्रकार महासंघ बारा का अध्यक्ष रेशम तिवारी , लोसपा का नेता शम्भु कुमार गुप्ता , नेपाल प्रेस युनियन बारा का उपाध्यक्ष वसन्त खटिवडा , प्रेस युनियन बारा का सचिव साजिर मन्सुर, एकीकृत समाजवादीका नेता धुर्व यादव सहित राजनितिक पार्टी का नेता तथा भद्रभलादमी को उपस्थिति रहेको थियो ।

केही दिन अघि बैठकले यस्तो निर्णय गरे पनि मन्त्रालयले निकासा नगरे पछी सोमवार पुन बैठक बसि सहमति अनुसारको रकम यथासिघ्र उपलब्ध गराउन मन्त्रालय लाई र सम्बन्धित निकायलाई बारम्बार पहल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कटुवालले बताउनु भयो । अनुसार अर्थ मन्त्रालयको सम्बन्धित शाखा का कर्मचारी मा कोरोना संक्रमण पुष्टि भएकोले रकम निकासा हुन केहि ढिला भएको बताउनु भयो । साथै उनले पीडितपक्ष लाई नआतिन्न समेत आग्रह गर्नु भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर