कलैया । नारायणी अस्पतालमा उपचाररत बाराका एक कोरोना सन्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोल्हवी नगरपालिका वडा नम्बर ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.उदय नारायण सिंहले बताए ।

सोमबार अस्पतालमा भर्ना भएका उनी उपचारको क्रममा आज बिहान पौने पाँच बजे मृत्यु भएको हो । त्यी पुरुषमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । भ्याक्सिन नलगाएका ऊनी अस्पताल भर्ना हुँदा गम्भीर किसिमको निमोनिया लागेको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएदेखि वीरगञ्जमा संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर