कलैया । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोलमा दुलाहा बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको घटनास्थलमा सरकारी टोलिले निरीक्षण गरेको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख विजयशंकर यादव , बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवा, ससश्त्र प्रहरीमा उपरीक्षक राजेन्द्र थापा, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक सन्तोष ढुङ्गेल, नेपाली सेनाका प्रमुख लगायतको सरकारी टोलीले घटनास्थलको निरीक्षण गरेको हो । निरीक्षण को क्रममा प्रमुख जिल्ला अधिकारी कटुवालले त्यहाको स्थिति बुझ्नु भएको थियो । उनले मृतक परिवार बाट के कसरी घटना भएको समेत जानकारी लिनुभएको हो ।

आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ३ बतरा निवासी लक्षुमन महरा चमारको छोरा श्रीराम महरा चमारको विवाहको लागि ल्याइएको रथले थिचेर सोमबार साँझ एक बालिकासहित २ जनाको मृत्यु भएको थियो । घटनामा १३ जना घाइते भएका छन् ।

निरीक्षण पश्चात् मृतक परिवरलाई सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख बिजय शंकर यादवले २५/२५ हजार नगद र घाइते हरुको उपचारमा लाग्ने खर्च सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी सहितको टोलिले कलैया अस्पतालमा पनि घाइतेहरु संग जानकारी लिएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर