कलैया । सप्तरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तकोसी नगरपालिका-१० का २८ वर्षीय लालदेव चौधरी रहेका छन् ।

मंगलबार बिहान पौने ८ बजे सप्तकोसी नगरपालिका-४ बलारदहमा फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स१०प ४६३५ नम्बरको मोटरलाइकल ठोक्किँदा मोटरसाइकल चालक लालदेवको मृत्यु भएको हो ।

ट्रक र मोटरसाइकल लाई नियन्त्रणमा लिएर थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर