कलैया । केन्द्रीय तथ्याङक विभागले आज सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार मधेस प्रदेश सबैभन्दा बढी प्रदेश भएको देखिएको छ ।तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको हो ।

बागमतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको छ । सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश रहेको विभागले जनाएको छ ।

कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो ।नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर