कलैया । खोपकै लागि पैसा असुल्ने स्वास्थ्यकर्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साहले कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइदिने भन्दै सेवाग्राहीबाट २० हजार रूपैयाँ घुस मागेका थिए । 

साहको निमित्त लिएको तथ्य समेतको आधारमा कृष्णा कुमार यादवको पनि घुस लिनेदिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबै जना विरुद्ध विशेष अदालतमा मुद्दा  दायर गरेको सहायक प्रवक्ता
वेदप्रसाद भण्डारीले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर