कलैया । बुधवार जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि छानबिन गरि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम् दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

जनमत पार्टीका कार्यकर्ताले राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न जनकपुर पुगेका प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुखको गाडी तोडफोड गरेका छन् । उनीहरुले जलेश्वर अस्पतालका मेसु डा सतिश साहलगायतका सवारी साधन तोडफोड गर्नाका साथै सांघातिक आक्रमण समेत गरेका छन् । उक्त घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषी उपर कारवाही गर्न तालुक निकायलाई निर्देशित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचन बिथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्तामाथि प्रहरीले कानुनी कारवाही अघि बढाउने भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर