कलैया । कलैया-विरगन्ज सडकखण्ड अन्तर्गत सिसहनीयामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साह रहेका छन् ।

कलैया बाट विरगन्ज जादै गरेको बीआर ०५ एआर ५१५१नम्बर को भारतीय गाडीले विपरीत दिशा बाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकल लाई ठोक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।

बुधवार राती ८ बजे दुर्घटनामा परी घाइते भएका दुबै जना लाई विरगन्ज स्थित नारायणी अस्पतालमा लगिएको थियो । नारायणी अस्पताल पश्चात् थप उपचार को लागि नेशनल मेडिकलमा लगिएको थियो ।

नेशनल मेडिकलमा उपचारको क्रममा राती करिब १० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए । ठक्कर दिने भारतीय गाडीका चालक भने फरार छ्न उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर