कलैया । बारा प्रहरीले दुई फरार प्रतिवादी लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ६० को सुरेन्द्र साह (बनिया) कानु र बारागढी गाउँपालिका वडा नम्बर ४ पथरा टोल बस्ने वर्ष ७५ को सखिचन महरा रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।
कानु लाई जिल्ला अदालत बाराले लागू औषध मुद्दामा २०७४ साउन ९ गते फैसला गर्दै १ बर्ष ३ महिना २० दिन कैद र १ हजार जरिवानाको आदेश दिएको थियो ।
त्यस्तै महरालाई जिल्ला अदालत बाराले लेनदेन मुद्दामा २०७५ फागुन १५ गते फैसला र २०७७ साल असोज २७ गते ६ महिना कैदको आदेश दिएको थियो । ऊनीहरु दुबैलाई कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंज पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो ।