कलैया । बारा प्रहरीले खैरो लागु औषध हेरोइन सहित १ जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना हरपुर ग्राम पंचायत हरपुर वडा नम्बर १२ ग्राम रामपुर बस्ने वर्ष ३२ को नबाब हुसेन रहेका छन् ।

सिमा प्रहरी चौकी छतवा बाट खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर १ बटम चोक स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका हुसेन लाई चेक जाँच गर्दा खैरो हेरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

शंकास्पद अवस्थामा आउँदै गरेका हुसेन सवार बिआर ०५ एपि ६०४६ नम्बरको मोटरसाइकल लाई प्रहरीले चेक जाँच गर्दा भाइजरको भागमा लुकाई छिपाई राखेको अवस्थामा २१ ग्राम अवैध लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) फेला परेको हो ।

पक्राउ परेका हुसेन लाई नियन्त्रणमा लिएर जिल्ला अदालत बारा बाट पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर