कलैया । नारायणी अस्पतालमा उपचाररत बाराका एक कोरोना सन्क्रमितको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी ६५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । शुक्रबारनै कोरोना संक्रमण पुष्टि भएर नारायणी अस्पताल भर्ना भएका वृद्धलाई गम्भीर किसिमको निमोनिया लगाएको थियो । उनको आज बिहान साढे ७ बजे मृत्यु भएको डा. सिंहले बताए । वृद्धको पहिलादेखि मधुमेहलगायत अन्य दिर्घ रोगको समस्या थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक कोरोना सन्क्रमित को मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगर निवासी ७३ वर्षीय वृद्ध रहेका छन् । श्वासप्रश्वास लिने प्रणालीले काम गर्न छोडेको कारण उनको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए ।
शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएर भेन्टिलेटर सपोर्टका लागि नारायणी अस्पताल भर्ना भएका वृद्धको आज बिहान साढे ४ बजे उपचारका क्रममा मृत्यु भएको डा. सिंहले बताए ।