कलैया । अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या गरेको आरोपमा पर्सा प्रहरीले एकजना लाई पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ४० बर्षीय मोतोलाल प्रसाद कुर्मी रहेका छन् । वीरगंज महानगरपालिका वडा नम्बर १६ घर भई र हाल वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्दै आएकी १० बर्षीय रिजवान महतोको हत्या गरेको आरोपमा कुर्मी लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

बालिकाको शव गत पुस २४ गते वीरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको कंचनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको उत्तरपट्टि चेपमा टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक खनालका अनुसार घटनास्थलमा फेला परेका प्रमाण र पीडितको परिवारजन बाट प्राप्त किटानी जाहेरीको आधारमा कुर्मीले अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या गरेका छन् । पक्राउ परेका कुर्मीमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता खनालले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर