कलैया । बारा प्रहरीले पसल फुटाएर मोबाईल चोरी गर्ने पाँच जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय बिशाल मुखिया सोही वडाका २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र वडा नं.४ खुटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिएका छन् ।

प्रसौनी गाँउपालिका वडा नम्बर २ मा शनिवार राती करिब २ बजे शुभ श्री मोबाईल पसल फुटाएर मोबाईल चोरी गरेका ५ जना लाई प्रहरीले आज पक्राउ गरेको हो ।

प्रसौनी गाउँपालिका वडा न.१ बस्ने बिशाल मुखिया संलग्नता रहेको यकिन भएपश्चात प्रहरीले मुखियाको घरमा खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको मालसामान मुखिया सुत्ने कोठाको खाट मुनि लुकाई राखेको ३ बटा झोलामा ९४ थान नयाँ मोबाइल सेट, ब्याट्री, चार्जर, राउटर बरामद गरेको छ ।
खानतलासी गर्ने क्रममा प्रहरीले मुखिया घरबाट चामलको बोरामा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध गाँजा ६ किलो समेत फेला पारेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

प्रहरीले उक्त चोरी कार्यमा संलग्न रहेका अन्य ४ जनालाई समेत पक्राउ गरेको हो । पक्राउ परेका ५ जना लाई डाँका चोरी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर