पर्सा । पर्सामा बालबालिकाका लागि सोमबार ७८ हजार डोज मोर्डना खोप आइपुगेको छ ।

देशका विभिन्न जिल्लाहरुमा १२ वर्ष देखि १८ वर्ष मुनिका विद्यार्थीहरुका लागि लागि कोरोनाविरुद्धको खोप अभियान संचालन भइरहँदा पर्सामा भने खोप नआएका कारण अभियान सञ्चालन हुन सकेको थिएन ।

आउने आइतबारदेखि खोप दिने योजना रहेको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले बताए । जिल्ला प्रशासन कार्यलयसंग संमन्वय गरेर अभियान संचालन गर्ने समेत उनले जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर